logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपतिलाई महाभियोग लगाएर पदमुक्त गर्न विवेकशील साझा पार्टीको माग

    राष्ट्रपतिलाई महाभियोग लगाएर पदमुक्त गर्न विवेकशील साझा पार्टीको माग

    1.8K
    Shares

    काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । अन्यथा राष्ट्रपतिलाई महाभियोग लगाएर पदमुक्त गर्न संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई आह्वान गरेको छ । 

    ‘संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ।’

    अदालतको कदमले संविधानवादको रक्षा भएको, विधिको शासनको पुनर्बहाली भएको  र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको विवेकशील साझा पार्टीको ठहर छ । 

    सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय मंगलबार बदर गरिदिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend