काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेतृत्व फेरिए पनि हाम्रो नियति नफेरिने टिप्पणी गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मिश्रले नेतृत्वसँग नियति फेर्न प्रयास गर्नुपर्ने बताएका छन् । उनले प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहने पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘५९ सालमा देउवाले संसद विघटन गरे । आफैँ बाहिरिए । ६६ सालमा प्रचण्डले सेना कब्जा गर्न खोजे । आफैँ बाहिरिए । ओलीले संविधान नै कब्जा गर्न खोजे, विफल भए । अब फेरि नेतृत्व त फेरिने छ तर हाम्रो नियति फेरिने छैन । नेतृत्वसँग नियति फेर्ने प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहनेछौँ ।’
५९ सालमा देउवाले संसद विघटन गरे। आफैँ बाहिरिए। ६६ सालमा प्रचण्डले सेना कब्जा गर्न खोजे। आफैँ बाहिरिए। ओलीले संविधान नै कब्जा गर्न खोजे, विफल भए। अब फेरी नेतृत्व त फेरिने छ तर हाम्रो नियति फेरिने छैन। नेतृत्वसँगै नियति फेर्ने प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहनेछौँ।
— Rabindra Mishra (@RabindraMishra) February 24, 2021
यस अघि मिश्रले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनाएपछि लोकतान्त्रिक माध्यमबाट तानाशाह बन्ने प्रधानमन्त्री ओलीको प्रयास विफल भएको प्रतिक्रिया दिएका थिए । ओलीकाे प्रयास विफल भए पनि ओली प्रवृत्ति समाप्त नभएकाे र यसकाे विकल्प प्रचण्ड माधव पनि नभएकाे उनकाे भनाइ थियाे ।