काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुधबार दिउँसो उनको निवास पुगेका छन् ।
प्रतिनिधिसभा पुन:स्थापनापछिको अवस्थामा दलहरू कसरी अघि बढ्ने भनेर छलफल गर्न उनीहरू बुढानीलकण्ठ पुगेका हुन् । संसद् ब्युँतिएको अवस्थामा सत्ता साझेदारी लगायतका विषयमा प्रचण्ड, नेपाल र देउवाबीच छलफल हुन लागेकाे हाे ।
दाहाल–नेपालले बुधबारदेखि नै अन्य दलहरुसँग छलफल छलफल अगाडि बढाउने बताएका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो ।