काठमाडौं। प्रधानमन्त्री केपी ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले केपी ओलीकै नेतृत्वमा सरकार गठन हुने दावी गरेका छन्।
बुधबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै बस्नेतले नेपाली कांग्रेसको सहयोगमा फेरी पनि केपी ओलीकै नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन्।
प्रतिनिधि सभा पुनर्स्थापना भएपनि केपी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमेको बस्नेतले जिकिर गरे।
प्रचण्ड – नेपाललाई इंगित गर्दै बस्नेतले भने, ‘केपी ओलीले राजीनामा दिनुभएको छैन। यो मुलुकको नेतृत्व फेरि पनि तपाईहरुको असक्षमताका कारणले यो मुलुकको राजनीति फेरि पनि ओलीको वरिपरी घुम्नेछ।’
प्रचण्ड र माधव नेपालले कम्युनिस्ट पार्टीलाई ध्वस्त पारेको बस्नेतले आरोप लगाए।