काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गलत ठहर्याएर पुनर्स्थापनाका लागि फैसला सुनाएपछि नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।
सर्वाेच्चकाे फैसलापछि उनीहरु सडकमा हर्षाेल्लाश मनाइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेका मुद्दाहरुको मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएको थियो ।
सर्वोच्च अदालतले फैसलापछि नेकपा दाहाल नेपाल पक्षले हर्षाेल्लाश मनाइरहेकाे छ ।