काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने संकेत गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै उनले भने, ‘हामी हाम्रो कर्तब्यमा जुट्छौँ र देश बनाउँछौ र यो संकल्प निरन्तर अगाडि बढ्छ । अहिले धेरै कुरा भनेर फेरी मान्छे तर्साउने काम गर्नुपनि ठीक छैन । अहिले यो सरकार छ र यो सरकार रहन्छ ।’
कार्यक्रममा उनले साथीहरुले लड्डु खाएर खुशी साटिरहेका छन् तर केको खुशीमा हो आफूलाई थाहा नभएको भन्दै प्रचण्ड–माधव पक्षप्रति ब्यङ्ग्यसमेत गरेका थिए ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारकाे निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गर्ने फैसला गरेपछि ओलीले राजीनामा दिनुपर्ने चौतर्फी दवाब आइरहेको छ ।