काठमाडौं । सरकार गठनमा पार्टीको आगामी भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड(माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि हिजो दिउँसो सभापति देउवासँग नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बूढानीलकण्ठस्थित निवासमै पुगेर छलफल गरेका थिए । छ
लफलमा प्रचण्ड र नेपालले मिलेर अघि बढ्ने प्रस्ताव देउवालाई गरेका थिए । तर, सभापति देउवाले पार्टीभित्र छलफल गरेर आफू निर्णयमा पुग्ने जवाफ प्रचण्ड–नेपाललाई दिएका थिए ।
त्यसैले कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।