काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको स्थायी समिति बैठक आज पनि बालुवाटारमा बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अब के गर्ने ? भन्ने विषयमाथि छलफल जारी रहनेछ ।
सर्वोच्च अदालतको फैसलापछि फेरिएको राजनीतिक परिदृश्यमा आफ्नो समूहको एकमत बनाउन ओली समूह गृहकार्यमा छ ।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने छलफल भएको थियो । विश्वासको मत जित्नका लागि पर्याप्त छलफल र बहस गर्ने पनि ओली पक्षीय स्थायी कमिटी बैठकको तयारी छ ।