काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र प्रचण्ड- नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
बिहीवार बिहान उनीहरुबीच झन्डै १ घण्टा कुराकानी भएको हो।
कुराकानीका क्रममा गौतमले पार्टी एकताको लागि भूमिका खेल्न प्रचण्डसंग आग्रह गरेका थिए। जवाफमा प्रचण्डले आफू पार्टी एकताकै पक्षमा रहेको भएपनि अहिलेकै अवस्थामा केपी ओलीसंग एकता हुन नसक्ने बताएका थिए।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गरे प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि सत्तारुढ नेकपा विभाजित भएको थियो। तर गौतम भने कुनै पनि समूहमा नलागेर पार्टी एकताको पक्षमा लागेका थिए।
प्रचण्ड- गौतम भेटवार्ता: पार्टी एकताको लागि भूमिका खेल्न गौतमको आग्रह