काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्।
संघीय संसद् सचिवालयले सांसदहरुलाई पुस, माघ र फागुन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरेको छ।
गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सांसदहरूको तलब भत्ता रोकिएको थियो ।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए।