logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेकपा नामको विवादबारे सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने 

    नेकपा नामको विवादबारे सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने 

    1.9K
    Shares

    काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला फागुन २० सुनाउने भएको छ । 

    न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालसले बिहीबार नेकपा नामसम्बन्धी विवादको सुनुवाइ सकेपनि निर्णय भने २० फागुनमा सुनाउने भएको हो। 

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने गरि एकीकृत पार्टीको नाम नेकपा राखेर निर्वाचन आयोगमा दर्ता भएको थियो । लगत्तै ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए।

    कट्टेलले निर्वाचन आयोगविरुद्ध गत ५ मंसिर २०७५ मा मुद्दा दर्ता गरेका थिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend