logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कांग्रेस पर्ख र हेरको स्थितिमा, नेकपा विवादको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने 

    कांग्रेस पर्ख र हेरको स्थितिमा, नेकपा विवादको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने 

    1.9K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगरी पर्ख र हेरको स्थितिमा बस्ने निर्णय गरेको छ ।

    सभापति शेरबहादुर देउवाको निवासमा  पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसी  संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक वातावरणबारे छलफल भएको थियो ।   बैठकमा  नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा बहस भएको थियो ।

    ‘नेकपामा विवाद रहेको तर आधिकारीक रुपमा फुटिनसकेको अवस्था छ । नेकपाको संसदीय दलको नेता पनि केपी ओली नै रहेकाले नेकपा विवादको वैधानिक रुपमा टुङ्गो लागेपछिमात्रै कांग्रेसले निर्णय लिन्छ’, एक नेताले बताए । 

    बिहीबारको छलफलमा अधिकांश नेताहरुले कांग्रेसलाई सरकारमा जाने म्यान्डेट जनताले नदिएकाले अहिले प्रतिपक्षमा नै बस्नुपर्ने धारणा राखेका थिए । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने उनीहरुको भनाई थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend