logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • रहेनन् ‘डाक्टर बा’, छाेरा, बुहारी र नातिनीले दिए दागबत्ती 

    रहेनन् ‘डाक्टर बा’, छाेरा, बुहारी र नातिनीले दिए दागबत्ती 

    2.6K
    Shares

    काठमाडाैं । ‘डाक्टर बा’का नामले परिचित नेपाली कांग्रेसका नेता शंकरप्रसाद उप्रेतीकाे निधन भएकाे छ । शनिबार राति काठमाडाैंमा उनकाे निधन भएकाे हाे । आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।

    उप्रेतीकाे अनत्येष्टिमा अलि फरक दृश्य देखिएकाे छ । उप्रेतीका छाेरा डा‌. सञ्जीव उप्रेती, श्रीमती डा. अर्चना थापा र छाेरी स्वास्तीले संयुक्त रुपमा दागबत्ती दिएका छन् ।

    डा. उप्रेती गरिब तथा असहायहरुको निःशुल्क उपचार गर्ने समाजसेवी पनि हुन् । नेपालको खासगरी पूर्वी क्षेत्रमा उनी निकै लोकप्रिय थिए । उप्रेती कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सांसदसमेत भएका थिए । 

    उप्रेती पञ्चायतविरोधी आन्दोलनका बेला पटक–पटक जेलसमेत परेका थिए ।

    उप्रेती चिकित्सक पनि थिए । उनले ५० वर्ष बिरामीको सेवामा बिताएका थिए । यसबीचमा अधिकांश नागरिकको नि:शुल्क उपचार पनि गरेका थिए । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति निकालेर उप्रेतीको निधनमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेको उल्लेख गरेका छन् ।

    देउवाले भनेका छन् ‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend