काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य प्रदिप पौडेलले नेकपा भित्रको विवादले देशलाई अस्थिर बनाइराख्न नमिल्ने बताएका छन् । फागुन ११ मा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेकपाको वैधानिकताबारे विवादले नयाँ सरकार निर्माणका लागि अवरोध सिर्जना गरिरहेको बेलामा नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पौडेलले प्रशासनिक अस्थिरता ल्याउन सरकारले आफू अनुकुल कर्मचारी सेटिङ गर्ने काम गरिरहेको दाबीसमेत गरेका छन् ।
‘प्रशासनिक अस्थिरता ल्याउन आफू अनुकूल कर्मचारी सेटिङ गर्ने ओली सरकारको कदम खेदजनक छ ।राजनैतिक आचरण गुमाई सकेपछि अन्ट-सन्ट गरेर सत्ता टिकाउँछु भन्ने भ्रमबाट तत्काल मुक्त हुनुहोस।नेकपाको विवादले देशलाई अस्थिर बनाईराख्न मिल्दैन।राजनितिमा कानुनी कुरा संगै नैतिकता पनि प्रधान हुन्छ’, सामाजिक सञ्जाल टुइटरमा उनले लेखेका छन् ।
प्रशासनिक अस्थिरता ल्याउन आफू अनुकूल कर्मचारी सेटिङ गर्ने ओली सरकारको कदम खेदजनक छ ।राजनैतिक आचरण गुमाई सकेपछि अन्ट-सन्ट गरेर सत्ता टिकाउँछु भन्ने भ्रमबाट तत्काल मुक्त हुनुहोस।नेकपाको विवादले देशलाई अस्थिर बनाईराख्न मिल्दैन।राजनितिमा कानुनी कुरा संगै नैतिकता पनि प्रधान हुन्छ ।
— Pradip Paudel (@paudelpradipNC) February 28, 2021