म्यानमार । म्यानमारमा फेसबुकमा स्टाटस लेखेका इन्जिनियरको गोली हानी हत्या भएको छ । यंगुनका इन्टरनेट नेटवर्क इन्जिनियर नि नि याङ ह्टेट नाइङ प्रहरीको गोलीबाट उनको मृत्यु भएको हो ।
उनले फेसबुकमा ‘संयुक्त राष्ट्र संघलाई सैनिक सरकारविरूद्ध कदम चाल्न कतिको ज्यान जाने’ हो भनेर लेखेका थिए ।यस्तै, म्यानमारको सैनिक ‘कु’ विरोधी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १८ जनाको ज्यान गएको छ । यांगुन, बागो र म्यान्डले, लास्हिओ, मेइक, बागो र पोकोक्कु सरहमा आइतबार प्रहरीले चलाएको गोलीले प्रदर्शनकारीको मृत्यु हो ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार यंगुन, दावेई, मन्डालय, मेइक, बागो र पाक्कोकु सहरमा ३० जना प्रदर्शनकारी घाइते भएका छन् ।फेब्रुअरी १ मा ‘कु’ मार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले महिनाको अन्तिम दिन आन्दोलनकारीमाथि गोली प्रहार गरेको हो ।