logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • म माथि शारीरिक हमला भयो भने पनि अनौठो मान्नु पर्दैन : प्रधानमन्त्री ओली 

    म माथि शारीरिक हमला भयो भने पनि अनौठो मान्नु पर्दैन : प्रधानमन्त्री ओली 

    1.6K
    Shares

    कास्की । प्रधानमन्त्री केपी ओलीले आफूमाथि शारीरिक हमला भयो भने पनि अनौठो नहुने बताएका छन् ।

    नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार संवोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरुले अपराधिक तत्वहरुलाई सामना गर्न परेको दाबी गर्दै उनले भने, ‘तपाईँहरु अनौठो नमान्नुहोला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला ।’ 

    गत पुस ५ मा सरकारले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेपछि नेकपाका ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच तीव्र रुपमा विवाद बढ्दै गइरहेको थियो । 

    प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरेपछि आरोप प्रत्यारोपसँगै विवाद झन् चर्किएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend