logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन प्रचण्ड-माधवलाई ओलीकाे चुनौती 

    आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन प्रचण्ड-माधवलाई ओलीकाे चुनौती 

    2.1K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन नेकपा प्रचण्ड-माधव नेपाल पक्षलाई चुनौती दिएका छन् ।

    नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफूले संसदीय दलको बैठक बोलाइदिने बताए ।

    उनले भने ‘दलको नेता फेर्नुस् न, विधिवत रूपमा फेर्नुस्, बैठक बोलाइदिन्छु, आउनुस् ।’ उनले आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउन चुनौती पनि दिए । 

    ‘अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् । उहाँहरूको भाषा पद्धति र प्रक्रिया अनुसारको छ । प्रधानमन्त्री हटाउने अविश्वासको प्रस्ताव राखेर होइन, गलहत्याएर ! कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ?,’ नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने ।

    प्रतिनिधि सभा पुन:स्थापना भएपछिको विजय जुलुसपछिको सभालाई सम्बोधन गर्दै नेतृ भुसालले ओलीलाई प्रधानमन्त्रीबाट गलहत्याएर निकाल्ने बताएकी थिइन् ।

    ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए डेढ वर्षपछि दुईतिहाइ ल्याउने जिकिर पनि गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend