logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्दैन : वनमन्त्री आले 

    आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्दैन : वनमन्त्री आले 

    1.5K
    Shares

    काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

    सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताएका हुन् । यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडी बढाएको र यसैपल्ट लागु गरिने उनको भनाइ छ । 

    उनले भने, ‘कम्तिमा पनि पशुपति आर्यघाटमा १२÷१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडी बढाएको छ । यसैपल्ट यो लागु गर्दैछौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend