काठमाडाैं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
सरकारले गृहमन्त्री संयोजक र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहने गरि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीबारे सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका हुन् ।