झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चुनौती दिएका छन्।
बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीबाट आफूलाई हटाउन त्यति सजिलो नभएको बताएका हुन्।
कसैले सक्छ भने हटाउ, खुशीसाथ हट्छु, प्रधानमन्त्री ओलीले भने, “डेढ दुई बर्षमा चुनाव हुन्छ, दुई तिहाईको साथ सिंहदरबारमा फर्किन्छु।”
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद् ब्युँताएर आफूलाई केही नभएको जिकिर गरे। उनले अदालतको फैसला आफूले कार्यान्वयन गर्ने बताए।
अरु कसैको हितमा नभई नेपाली जनताका लागि ‘कम्फरटेबल’ सरकार चाहिएको उनको भनाइ थियो।