सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो ज्यान जोगाउने हैसियत नभएको काँतर प्रधानमन्त्री नचाहिने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस सर्लाहीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
कार्यक्रममा बालुवाटारमा सयौंको सङ्ख्यामा सुरक्षकर्मीबाट घेरिएको प्रधानमन्त्रीले डराएको बताउँदै उनले भने, ‘यस्तो कातर प्रधानमन्त्रीले तपाईँको मेरो जीउ ज्यानको सुरक्षा गर्न सक्दैन ।’
नेता थापाले प्रधानमन्त्रीलाई ‘लुते’को संज्ञा पनि दिएका छन् । ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ’ उनले भने, ‘यस्तो लुते प्रधानमन्त्री चाहिएन ।’
प्रधानमन्त्री ओलीले आइतबार आफ्नो ज्यानलाई खतरा रहेको अभिब्यक्ति दिएका थिए ।