ढाका । बङ्गलादेशले संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा सामेल नहुने एक बङ्गलादेशी अधिकारीले बताएका छन् ।
बङ्गलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले सोमबार राजधानी ढाकामा पत्रकारहरूको समूहसँग कुरा गर्दै सरकारको पछिल्लो धारणा सार्वजनिक गरेका हुन् ।
व्हाइट हाउसका एक अधिकारीले उनलाई यस मुद्दाको बारेमा हालसालै सम्पर्क गरेको उनले बताए ।
उक्त अवसरमा अमेरिकी अधिकारीले भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सारेको समाचारहरुमा जनाइएको छ ।
मोमेनले बङ्गलादेशको अग्रणी निजी समाचार एजेन्सी यूएनबीसँग सोमबार भने, ‘हामीले भनेका थियौं कि हामी यसको बारेमा सोच्ने पनि छैनौँ । हामी सुरक्षित छौं । बरु हामी आर्थिक विकास र पूर्वाधार विकासमा रुचि राख्छौँ ।’
उनले बङ्गलादेशले अब यसको विकासलाई बढी महत्व दिन्छ । ‘हामी पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्दैछौं र हाम्रा जनतालाई उत्कृष्ट जीवन प्रणाली विकासका लागि कार्यक्रम दिइनेछ ।’