दक्षिण सुडानको जोंगलाई राज्यमा विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्य सहित दश जनाको मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् ।
उनले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।