काठमाडौं । नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर अर्को कोही दोस्रो पुस्ताको ब्यक्तिलाई अगाडि सारे नेकपाकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको बताएका छन् ।
बुधबार सुनौलो नेपालसँग कुरा गर्दे उनले भने, ‘केपी ओली साँच्चिकै राजनेता बन्ने हो, यो पार्टीलाई एकीकृत गर्ने हो, देशको स्थायित्व र समृद्धि अगाडि बढाउने हो भने उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिएर दोस्रो पुस्ताको कोही न कोही ब्याक्ति अगाडि सारेर अगाडि बढ्दा नेकपाकै सरकार बन्ने सम्भावना छ ।’