logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कंगो र गुएनामा इबोलाका कारण ११ जनाको मृत्यु

    कंगो र गुएनामा इबोलाका कारण ११ जनाको मृत्यु

    2.4K
    Shares

    कंगो । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो । सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको मृत्यु भएको छ । 

    कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । तीमध्ये चार जनाको मृत्यु भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो । त्यसैगरी गुएनामा सात जनाको मृत्यु भएको थियो । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो । त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend