जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान बँचेकोमा आफूलाई अत्यन्तै खुशी लागेको बताएका छन् । जनकपुर साहित्य महोत्सवको शुभारम्भ कार्यक्रममा बोल्दै यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
सांसदहरुलाई अब खेलको नियम अनुसार खेल खेल्न सुझाव दिँदै उनले भने, ‘आज संविधान बँचेको छ देशमा । त्यसले गरेर मलाई अत्यन्त खुशी लागेको छ ।’
कार्यक्रमा उनले अहिलेको अवस्थामा वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिनुपर्ने पनि बताए ।