काबुल । पूर्वी अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । उनीहरु एनिकास टेलिभिजनमा कार्यरत थिए । दुई वटा भ्एको छुट्टाछुट्टै आक्रमणमा तीन जनाको हत्या भएको हो। जलालाबादमा भएको घटनामा सादिया र शहनाजको हत्या भएको हो । यसपछि त्यही सहरको अर्को स्थानमा मुरसल हबिबीको गोली प्रहारबाट मृत्यु भएको हो ।
एनिकास टेलिभिजन च्यानलका निर्देशक जलमाई लतिफीका अनुसार ती तीन जनाले अफगानिस्तानको स्थानीय भाषाहरूमा प्रसिद्ध भारतीय नाटक र धारावाहिक टेलिसिरियलको अनुवाद र डबिङको काम गर्थे । यसभन्दा अगाडि पन जलालाबादमा महिला कार्यकर्ता मलालाई मेवार्डको १० डिसेम्बर २०२० मा गोली हानी हत्या भएको थियो ।