काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनले सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरि उनीहरूका माग सम्वोधन गर्नुपर्ने धारणा पनि राखेका छन् ।
सामाजिक सञ्जाल टुइटरका माध्यमबाट उनले यस्तो प्रतिक्रिया दिएका हुन् । टुइटरमा उनले लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ । यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्१ संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है१नत्र जो होचो उसको मुखमा घोचो हुनेछ’
सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ!यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है!नत्र जो होचो उसको मुखमा घोचो हुनेछ!
— Baburam Bhattarai (@brb1954) March 4, 2021