इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानको संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि शनिवार संसदको बैठक बोलाइएको छ ।
बुधबार इस्लामाबादमा सिनेटको सीटमा सत्तारूढ दल पीटीआई पराजित भएपछि इमरान खानले विश्वासको मत लिन लागेका हुन् ।
खानले संसदबाट विश्वासको मत लिन नसकेको खण्डमा पाकिस्तानको राजनीति अस्थिर हुने विश्लेषकहरुको भनाइ छ ।