logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • फेरि थपियो टोकियोमा सङ्कटकालको अवधि

    फेरि थपियो टोकियोमा सङ्कटकालको अवधि

    2.4K
    Shares

    काठमाडाैं । जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् ।

    कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनकाे भनाइ थियाे । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए ।

    राजधानी टोकियो आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए । कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उहाँले सङ्कटकाल लम्ब्याउने निर्णय गरेका हुन् ।

    प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थपेका हुन् । उनले गत जनवरीमा सङ्कटकालको घोषणा गरेका थिए ।

    उनले कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइँ नगर्न पनि आह्वान गरे । सङ्कटकाल लागु गरिए पनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जनाएका छन् ।

    बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ । टोकियोमा काेराेना सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

    कोरोनाभाइरसका कारण जापानमा अहिलेसम्म ८ हजार २११ जनाको मृत्यु भएको छ । ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend