काठमाडौं । भिडियो सेयरिङ पल्याटफर्म युट्युबले म्यानमार सेनाको पाँचवटा च्यानल बन्द गरेको छ । ‘कम्युनिटी गाइडलाइन्स’का आधारमा सेनाद्वारा सञ्चालन गरिएका च्यानलहरु बन्द गरिएको युट्युबले शुक्रबार जनाएको छ ।
म्यानमारको सेनाले निर्वाचीत प्रतिनिधिहरुलाई नियन्त्रणमा लिइ सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर गत फेब्रुअरी १ मा एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो ।
सेनाको यस्तो कदमको विरोधमा देशैभरि विरोध प्रदर्शन भइरहेको छ ।
सेनाले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि दमन गर्दैै एकै दिन ३८ जनाको ज्यान लिएको थियो ।