काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, यस्तो कु प्रचार नगर्न र उक्त कुराको विश्वास नगर्न म आग्रह गर्दछु ।’
उनले ‘रुखले हामीलाई कार्बनडाइअक्साइड दिने र हामीले रुखलाई अक्सिजन दिने’ भन्ने अभिब्यक्ति दिएका थिए ।
मन्त्री आलेको अभिब्यक्ति (भिडियो)
रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई हामी अक्सिजन दिन्छौ : वनमन्त्री आले ! pic.twitter.com/5ueEn6ZR4n
— Sunaulo Nepal (@Sunaulo_npl) March 4, 2021