अमेजन जंगलमा दुर्घटनाका शिकार बनेका एक विमान पाइलट ३६ दिनपछि सुरक्षित रुपमा घर फर्किएका छन् । सेसना १० नामक विमान दुर्घटना भएसँगै उनी सम्पर्क विहिन बनेका थिए । उनी जनवरी २८ मा एन्टोनियो ब्राजिलको पारा राज्यमा रहेको अलेंकेरबाट अल्मिरिका लागि उडेका थिए । प्राविधिक गडबडका कारण उनले विमानलाई आकस्मिक अवतरण गर्नुपरेको थियो । तर विमान जमिनमा अवतरण हुनासाथ आगो लागेको थियो । उनी सँग सम्पर्क गर्नका लागि कुनै उपकरण नभएको कारण बेपता बनेका थिए ।
विमान हराएपछि उनको खोजी कार्य सुरु भएको थियो । तर दुर्घटनापछि खोजी कार्यमा सक्रिय टिमले विमानको एक अंश पनि भेटेनन् । पाइलटले आफूलाई बचाउन कोही नआएपछि पैदल हिँडेर जंगलबाट निस्किने सोच बनाएका थिए । पाँच साता जंगलमा बिताएपछि उनले जंगलमा कटुस टिप्न जाने मानिससँग भेटे र उनीहरुकै सहयोगमा बाहिर निस्किए ।
विमान दुर्घटना भएको ३६ दिनपछि परिवारसँग भेटेका पाइलटबारे ब्राजिलको टेलिभिजनले रिपोर्ट प्रसारण गरेको थियो । परिवारले उनको स्वास्थ्यपरीक्षणका लागि अस्पताल लगेका थिए, त्यहाँ डिहाइड्रेशन र अन्य सामान्य उपचारपछि उनलाई घर पठाइएको छ ।