logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उमेरले नछेकेको रहर

    उमेरले नछेकेको रहर

    3K
    Shares

    कावासोती । “पहिले छोरीचेलीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक हँदैनथ्यो त्यसैले पढ्ने रहर मार्नु पथ्र्यो, आज त्यही रहर पूरा गरिरहेको छु”, ६७ वर्षीय पे्रमकुमारी पौडेलले भने । सानोमा विद्यालय देख्न नपाएको बताउने उनी अहिले बिहान ११ बज्नै लाग्दा झोलामा किताब कापी लिएर विद्यालयमा पढ्न निस्कनु दैनिकी बनेको छ ।

    कावासोती नगरपालिका–२ मा शिव सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको गृहिणी शिक्षा अनौपचारिक प्रौढ शिक्षा मा अध्ययन गर्न उनी जस्तै अन्य महिला पनि आउने गरेको छ । अध्ययन गर्ने उमेरमा विभिन्न कारणले नपाएका गृहिणी बिहान ११ देखि ३ बजेसम्म यहाँ रहन्छन् । अहिले पढ्ने मौका पाउँदा धेरै खुशी लागेको पौडेलले बताए । 

    दुई वर्षदेखि यहाँ पढन थालेकी उनले अहिले छोराछोरीको नाम अङ्गे्रजीमा लेख्न, मोबाइलमा पैसा राख्न, सजिव, निर्जीव वस्तु चिन्न सक्दा दङ्ग छिन् । “मलाई अहिले आफू बच्चै भएको जस्तो लागेको छ, खुशी लागेको छ, घरबाट हिँडेर आउनसक्ने बेलासम्म र सिकाइ केन्द्रमा पढन पाउँदासम्म आउछु”, पौडेलले भनिन,“बच्चामा पढन् नपाएको रहर मेटिएको झैँ लागेको छ, अहिले तिर्खा यही पढाइले मेटे जस्तो हुन्छ ।”

    स्याङ्जा सतुङ्गा जन्मेकी उनी त्यति बेला गाउँमा ५ कक्षा सम्मको विद्यालय भएको भए पनि छोरालाई पढाउने, छोरीलाई नपढाउने चलन रहेको सम्झिनछिन् ।  “छोरी त कोदो रोप्ने, घाँस, दाउरा गर्ने, गाई बस्तु चराउने यस्तै गर्नुप¥यो, दाजुभाइ स्कुल जान्थे”, पौडेलले भनिन ।

    त्यस्तै ६५ वर्षीय चन्द्रमाया सिग्देललाई पनि सानोमा पढ्न नपाएर अहिले अक्षर चिन्न पाउँदा धेरै खुशी लागेको बताए । “विद्यालय टाढा हुन्थ्यो,  छोरीलाई पढाउन पठाउने चलननै कम थियो”, सिग्देलले भने,“ अहिले कतै जाँदा के लेखेको छ भनेर चिन्न सक्ने भएकाले सजिलो भएको छ । कतै गए कहाँ आइएछ भनेर ठाउँ चिन्न सकिन्छ”, सिग्देलले भनिन, “खुशी लाग्छ ।”

    पौडेल र सिग्देल जस्तै यहाँ कावासोतीका करीब ४२ गृहिणी भर्ना भएका छन् । यहाँ तीन तहको पढाइ हुने सिकाइ केन्द्रकी परिचालक नूतन थापा पुनले बताए । भर्ना भएकोमा केही  समय मिलाएर फुर्सदमा आउने गरेको भए पनि करीब २५ जना नियमितजसो आउने गरेको उनले बताए ।

    नगरपालिकाको सहयोगमा अहिले कक्षा सञ्चालन भइरहेको छ । यसले विद्यालय उमेर पुगेर पनि विद्यालय जान नपाएकालाई अध्यन गर्न  सहज बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend