काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडनले पालेका दुई कुकुरमध्ये एउटाले एक सुरक्षाकर्मीलाई टोकेपछि दुवैलाई ह्वाइट हाउसबाट हटाइएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ती दुई कुकुरलाई बाइडनको डेलवेअरस्थित घरमा पठाइएको बीबीसीले उल्लेख गरेकाे छ ।
मेजर नाम गरेको कुकुरले ह्वाइट हाउसका एक कर्मचारीलाई टोकेपछि यो निर्णय लिइएको हाे । बाइडनले मेजरलाई सन् २०१८ देखि पाल्न थालेका थिए ।
च्याम्प नामक अर्को कुकुर १३ वर्षको छ । ती दुवै जर्मन शेपर्ड जातका हुन् ।