काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ।
पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरणलगायतका बारेमा छलफल हुने पेरिसडाँडा स्रोतले जानकारी दिएको छ।
बैठक हिजो पनि बसेको थियो। हिजो बसेको बैठकले केपी ओली सरकारलाई दिएको समर्थनबारे कुनै निर्णय गरेको थिएन। बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसंग सरकार गठनका लागि वार्ता गर्ने निर्णय गरेको थियो।