निर्देशक डोन हलको डिज्नी फिल्म ‘ राया एन्ड द लास्ट ड्रयागन’ को बुधबार प्रिमियर भएको छ । करिब ९० वर्ष लामो यस डिज्नीको पहिलो दक्षिण पूर्वी एशियाली हिरोइनको बिहीबार प्रिमियर सम्पन्न भएको हो ।
‘राया एन्ड द लास्ट ड्रयागन’ ले कुमान्द्रा नामक एक काल्पनिक ठाउँको कहानी बोकेको छ। यस ठाउँमा पाँच जनजाति बस्छन् । यी सबैको भिन्न परमपरा र संस्कृति छ र यिनीहरुले दक्षिण पूर्वी एशियाको फरक–फरक क्षेत्रको प्रतिनिधित्व गर्छन् ।
निर्देशक डोन हलका अनुसार यस क्षेत्रको पृष्ठभूमिमा फिल्म बनाउने आइडिया भ्रमणका क्रममा आएको बताउँछन् । फिल्मले अहिलेको टाइमलाइनलाई नभई हजारौं वर्ष पहिलेको जनजीवनको कल्पनालाई देखाउने उनी बताउछँन् ।
यस फिल्ममा रायाले मानिसहरूलाई पुनर्मिलन गर्न दक्षिण पूर्वी एशिया क्षेत्रको वरिपरि यात्रा गरेको देखाउँछ र यस प्रक्रियामा उनले विश्वलाई बचाउने प्रयास गर्छिन। राया फिल्मको प्रोटागनिस्ट पात्र हुन् । दक्षिण पूर्वी एशियामा जम्मा ११ देश पर्छ, जस्को जनसंख्या करिब ६७.३ करोड छ र यस क्षेत्रको संस्कृति पनि फरक–फरक छ ।