logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • बाबुराम भट्टराईको प्रश्न : राजनीतिमा जो जेपनि खान किन उद्यत ? 

    बाबुराम भट्टराईको प्रश्न : राजनीतिमा जो जेपनि खान किन उद्यत ? 

    1.7K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले देशको पछिल्लो राजनीतिक अवस्थाप्रति लक्षित गर्दै राजनीतिमा जो जे पनि खान किन उद्यत ? भन्दै प्रश्न गरेका छन् ।

    सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि नेपाली राजनीतिमा देखिएको खिचातानी प्रति लक्षित गर्दै सामाजिक सञजाल टुइटरको माध्यमबाट उनले यस्तो प्रश्न गरेका हुन् । भट्टराईले ‘ओली हटाउँ देश बचाउँ’ भन्ने ह्याज ट्यागसमेत प्रयोग गरेका छन् ।  

    अदालतको फागुन २३ को फैसलाले केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । अहिलेको अवस्थामा ओली सरकारको विघटन वा नयाँ सरकार निर्माण प्रकृयामा जसपा निर्णायक हुने भएको छ ।

    जसपाका विभिन्न नेताहरु केपी ओली, प्रचण्ड लगाएतका नेताहरुसँग निरन्तर छलफलमा रहिरहेका बेला सोही पार्टीका संघीय परिषद अध्यक्षको यस्तो प्रतिक्रिया आएको हो ।  

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend