logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालगन्ज रंगशालामा रहेको पौडीपोखरी तीन पटकसम्म उद्घाटन !

    नेपालगन्ज रंगशालामा रहेको पौडीपोखरी तीन पटकसम्म उद्घाटन !

    3.7K
    Shares

    काठमाडौं । नेपालगन्ज रंगशालामा रहेको पौडीपोखरीको तेस्रोपटकसम्म उद्घाटन भएको छ । पौडीपोखरीको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बुधबार तेस्रोपटक उद्घाटन गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

    यसअघि नै दुईपटक उद्घाटन भइसकेको पौडीपोखरी सिलवालले नै १ चैत, ०७६ मा दोस्रोपटक उद्घाटन गरेका थिए । उनीभन्दा अघिका सदस्यसचिव केशवकुमार विष्टले ६ असार ०७६ मा पनि पौडीपोखरी उद्घाटन गरिसकेका थिए । 

    पछि पौडीपोखरी सर्वसाधारणका लागि खुला गर्ने तयारी भएको थियो । उनले आफैँले उद्घाटन गरेको पौडीपोखरीको २६ फागुन, ०७७ मा दोस्रोपटक उद्घाटन गरे । चारवर्षे कार्यकाल सकिन केही दिन मात्रै बाँकी भएका वेला उनले पौडी पोखरीको उद्घाटन गरेको एक कर्मचारीले बताए ।

    तेस्रोपटक उद्घाटन गर्ने क्रममा सदस्यसचिव सिलवालले दोस्रोपटक उद्घाटन गर्ने अवसर दिएकोमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई धन्यवाद दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend