ब्राजिल । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा दुई हजारको मृत्यु भएको छ । बुधबारमात्रै त्यहाँ दुई हजार दुई सय ८६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै छ । ब्राजिलमा हालसम्म दुई लाख ६८ हजार तीन सय ७० जनाको मृत्यु भएको छ ।
स्रोतका अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण कोरोना संक्रमण दर तीव्र बढेको छ । बुधबार ब्राजिलका पूर्व राष्ट्रपति लुईज लुला डि सिल्भाले राष्ट्रपति जयर बोल्सोनारोले कोरोना भाइरसलाई हल्का रुपमा लिएको भन्दै आलोचना गरेका छन् ।
ब्राजिलका प्रमुख जनस्वास्थ्य केन्द्र फोक्रुजले चेतावनी दिएका छन्, बढ्दो कोरोनाका कारण ब्राजिलका मुख्य सहरहरूमा स्वास्थ्य प्रणाली गम्भीर दबावमा छ । धेरै सहरहरूमा स्थिति नियन्त्रणबाहिर पुगेको छ ।