काठमाडौं। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता सुरु भएको छ। देउवानिवास बुढानिलकण्ठमा सम्भावित सत्ता समीकरणबारे छलफल हुनेछ।
जसपा नेताहरू बाबुराम भट्टराई , उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर बुढानिलकण्ठ पुगेका हुन्।
सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग देउवाले नयाँ सरकार निर्माणका लागि छलफल गर्न लागेका हुन्।
जसपाले विहीबार प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरुसंग पनि छलफल गरेको थियो।
जसपाले आफ्ना मुद्दा जसले सम्बोधन गर्छ उसैलाई सरकार निर्माणमा सहयोग गर्ने बताउँदै आएको छ।