logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बजार क्षेत्रमा छैनन् ‘फायर हाइड्रेन्ट’

    बजार क्षेत्रमा छैनन् ‘फायर हाइड्रेन्ट’

    2.5K
    Shares

    नवलपरासी। बजार क्षेत्रमा कुनै आगलागीका घटना घट्यो भने दमकललाई पानी खोज्दै खोलातिर जानुपर्ने बाध्यता रहेको छ । नजिकै पानी भर्न मिल्ने कुनै स्रोत नहुँदा समयमा आगलागी नियन्त्रण गर्न नसकी थप क्षति हुने खतरा रहेको छ ।

    दमकललाई पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’ नहुँदा आगलागीका कुनै घटना घटे समस्या पर्ने देखिएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरका मुख्य बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ बनाइएको छैन ।

    जिल्लाको सदरमुकामका रूपमा रहेको कावासोतीमा समेत फायर हाइड्रेन्ट छैन । यसअघि कावासोतीको फलफूल चोकमा एउटा ‘फायर हाइड्रेन्ट’ रहे पनि प्रयोगविहीन बनेको थियो । धेरै वर्षपहिले निर्माण गरिएकाले जीर्ण भएको उक्त ‘फायर हाइड्रेन्ट’ अहिले नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बाटोमा पर्ने भएपछि उखालिएको छ ।

    दमकललाई पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’बाट दमकलका लागि सहजरूपमा पानी निकाल्न सकिने हँुदा बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा निभाउन सकिन्छ । बजार क्षेत्रको नजिक कमै मात्र खुल्ला पानीका स्रोत हुन्छन् । यसकारण फायर हाइड्रेन्ट बनाउनु अति आवश्यक हुन्छ ।

    कावासोतीमा चाँडै फायर हाइड्रेन्ट निर्माण गरिने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीमलाल कँडेलले बताए । खानेपानीले डिपीआर तयार गर्दै गरेको र बजार क्षेत्रमा कहाँकहाँ राख्न उपयुक्त देखिन्छ सो क्षेत्रमा फायर हाइड्रेन्ट राखिने अध्यक्ष कँडेलले बताए ।

    ‘हामीले हाम्रो सामाजिक उत्तरदायित्वका रूपमा लिएका छौँ, कावासोतीमा करीब आठदेखि १० स्थानमा ‘फायर हाइड्रेन्ट’ बनाउने छौँ’, अध्यक्ष कँडेलले भने, ‘करीब छ महिनासम्ममा बनाउने योजना छ ।’ कावासोती बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा दमकलको सहायतामा पानी निकाली आगोबाट हुने क्षति न्यूनीकरण होस् भनेर यसको योजना बनाएको उनले बताए ।

    प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले देवचुलीका चार स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरेको छ । दुई स्थामा बोरिङबाट सहजरूपमा पानी निकाल्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’का रूपमा विकास गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुषालले बताए ।

    फायर हाइड्रेन्ट निर्माणपछि प्रयोगमा समेत ल्याइएको र यसले आगलागीबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुगेको उनको भनाइ छ । ‘फायर हाइड्रेन्ट नहुँदा दमकललाई खोलातिर पानी खोज्न जानुपथ्र्यो, अहिले यहीं भएको छ, केही मिनेटमा चाँडै पानी भर्दा समेत धेरै क्षति न्यूनीकरणमा यसले सहयोग पुर्‍याउँछ’, उनले भने । राजमार्गसँग जोडिएका नवलपुरका धेरै बजार क्षेत्रमा अझै पनि फायर हाइड्रेन्ट बन्न सकेका छैनन् । यसमा स्थानीय तहले समेत चासो दिन आवश्यक रहेको बजार क्षेत्रका बासिन्दाको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend