गायिका बेयोन्सीले ग्र्यामी अवार्डमा उनको २८ औं जीतको साथ एक नयाँ कीर्तिमान स्थापित गरेकी छिन्। यस जित सँगै बेयोन्सी ग्रामी इतिहासमै सब भन्दा धेरै अवार्ड जित्ने स्टार बनेकी छिन् । उनले २७ औँ पटक ग्र्यामी जितेकी निलोग्रास गायिका एलिसन क्राउसको रेकर्ड टोडदैँ सबै भन्दा धेरै अवार्ड जित्नै गायिका बनेकी हुन्।
बेयोन्सीले म धेरै सम्मानित छु, म धेरै उत्साहित छु उनको रेकर्ड ब्रेकिंग आरएन्डबी पफ्मेन्स बाट उत्कृष्ट ट्रफी ग्रहण गर्दा भनेकी छिन् । बियोन्सी सँगै गायिका टेलर स्विफ्टले पनि उक्त ग्र्यामी समारोहमा तीन पटक ‘एल्बम अफ दि इयर’ जित्ने पहिलो महिला कलाकार बन्दै इतिहास बनाएकी छिन् ।
यस जीतमा टेलरलाई उनको लकडाउन एल्बम ‘फोकलोर’को लागि पुरस्कृत भएकी हुन् । यस अघि २०१० मा ‘फियरलेस ’ र २०१६ मा ‘पप ओपस १९८९’ का लागि उनले ‘अफ दि इयर’ जितेकी थिइन्।