काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार अर्थात चैत ९ गते दुईदिने औपचारिक भ्रमणमा बंगलादेश जाने भएकी छन् । भ्रमणको औपचारिक घोषणा भने अब बस्ने मन्त्रिपरिषदको बैठकले गर्नेछ ।
बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भण्डारी बंगलादेश जान लागेकी हुन् ।
सन् २०१८ मा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको औपचारिक भ्रमणमा आएका थिए ।