काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको पुस ५ को कदमपछि विभाजित भएको तात्कालीन नेकपालाई पुनः एक बनाउने भन्दै गत माघ १४ गते एकता अभियान घोषणा गरेका थिए ।
सो अभियानको नाम थियो – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलाले एमाले र माओवादी ब्युँताइदिएपछि विभाजन उन्मुख देखिएको नेकपा एमालेलाई पुनः एक गर्ने भन्दै मंगलबार फेरि एकता अभियानको घोषणा गरेका छन् ।
यसपाली भने उनको एकता अभियानको नाम छ – नेकपा एमाले एकता राष्ट्रिय अभियान ।
उनको अघिल्लो एकता अभियानले नेकपाको एकता जोगाउन नसके पनि अहिलेको अभियानले एमालेलाई एक बनाउने प्रक्रियामा महत्वपूर्ण भूमीका खेल्न सक्ने बताइएकाे छ ।