काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको हो । संसदीय दलको उपनेता तथा सचेतक भने चयन हुन बाँकी नै छ , त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।
सर्वोच्चको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो ।