पुर्व राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि २०५८ सालदेखि नारायणहिटी संग्रहालयभित्र रहेको हल बन्द अवस्थामा थियो। अब पुर्ण बैशाखबाट हल सरसफाइ र रंगरोगन गरेर सञ्चालनमा ल्याउनेतयारि भइरहेको छ। यस सँगै सर्वसाधारणले पनि नारायणहिटी संग्रहालयभित्र रहेको हलमा फिल्म हेर्न पाउने भएका छन् ।
यस हलमा सर्वसाधारणले नेपाली हिन्दी ,फिल्म तथा डकुमेन्ट्रीहरु हेर्न पाउने बताइएको छ ।दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिलहरू प्रोसेसिङ गर्ने काम भइरहेको बताइएको छ । ०५८ सालदेखि थन्किएर बसेका रिल धेरै जसो चल्ने अवस्थामा रहेको र त्यसलाई प्रोसेसिङ गरि डिजिटल सिस्टममा कन्भड गरिने छ । यस हलमा ११६ वटा सिट रहेको छ ।