काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलनका हानिकारक विचारलाई त्यागेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
वर्तमान राजनीतिक खिचातानी र कम्युनिष्टहरुमा देखिएको समस्या प्रति लक्षित गर्दै मंगलबार सामाजिक सञ्जाल टुइटरका माध्यमबाट उनले यस्तो बताएका हुन् । नेता भट्टराईले कम्युनिष्ट पार्टीमा देखिएको विभाजनप्रति लक्षित गर्दै कम्युनिष्टहरु सानो टुक्रा अर्थात कणमा परिणत भएको भन्दै ब्यङ्गय समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘कुवाको भ्यागुतो जति उफ्रे पनि कुवैमा भने झैं कम्युनिष्ट आन्दोलनका कतिपय पुराना,कतिपय गलत,कतिपय नेपालको ठोस परिस्थितिमा हानिकारक सावित भैसकेका विचार,मान्यता,प्रणाली त्यागेर समग्र अग्रगामी परिवर्तनकारी आन्दोललाई पुनर्संरचना गर्ने सोंच÷आँट नभएसम्म जति चिरा परे पनि हुन्न है,कणहरू!’
कुवाको भ्यागुतो जति उफ्रे पनि कुवैमा भने झैं कम्युनिष्ट आन्दोलनका कतिपय पुराना,कतिपय गलत,कतिपय नेपालको ठोस परिस्थितिमा हानिकारक सावित भैसकेका विचार,मान्यता,प्रणाली त्यागेर समग्र अग्रगामी परिवर्तनकारी आन्दोललाई पुनर्संरचना गर्ने सोंच/आँट नभएसम्म जति चिरा परे पनि हुन्न है,कणहरू!
— Baburam Bhattarai (@brb1954) March 16, 2021