काठमाडौं । पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र प्रेट्रोलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएकाे हाे ।
नयाँ मूल्य अनुसार पेट्रोल ११८ रुपैयाँ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पर्नेछ । पछिल्लाे समय लगातार रुपमा पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि भइरहेकाे छ ।