logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

    ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

    2.1K
    Shares

    कञ्चनपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन् । घरमै लुकीछिपी बसेका साबिक परासन गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ लामालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

    उनका अनुसार २०३६ फागुन ८ मा अपराध गरी फरार तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट २०४६ चैत २ मा १० वर्ष कैद सजायको फैसला भएको थियो । तामाङले उधारोमा १५०० रुपैयाँमा भैँसी किनेर पैसा नतिरेको विषयमा विवाद भई झगडा र कुटपिट हुँदा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृत्यु भएको थियो ।

    पक्राउ गरेका तामाङलाई आवश्यक कारबाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । तामाङले यसअघि विसं २०२१ मा भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई २०२८ मा बिरामी अवकाश लिई पेन्सनसमेत लिने गरेको खुल्न आएकाले सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend